नेपाली नयाँ वर्षमा लेकसाइड खपौदीमा ‘फस्ट खपौदी कार्नीवल’ मेला

पाेखरा | चैत २५, २०७९

नेपाली नयाँ वर्षमा लेकसाइड खपौदीमा ‘फस्ट खपौदी कार्नीवल’ मेला

पोखरा:    नयाँ वर्षमा खपौदीमा मेलाको आयोजना गरिने भएको छ । फेवा पर्यटन विकास समितिले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेला गर्न लागेको हो ।

 
शनिबार चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै फेवा पर्यटन विकास समितिका अध्यक्ष अर्जुन सुवेदीले चैत ३० र बैसाख १ गते दुई दिने मेलाको आयोजना गरिएको जानकारी गराए । मेला पहिले प्याराग्लाइडिङ ल्याण्डिङ हुने स्थानमा हुनेछ । ‘हामीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेलाको आयोजना गर्न लागेका हौं । फेवा पर्यटन विकास समिति पाँच वर्षदेखि क्रियाशील संस्था भएता पनि कार्यक्रम भने पहिलो हो ।’,उनले भने । 


उनले मेला चैत ३० गते साँझबाट अनौपचारिक रुपमा सुरु गरिने र बैसाख १ गते नै औपचारिकता गर्ने गरी तयारी गरिएको बताए । फेवातालको उत्तर तर्फको गैह्राचौतारा देखि चंखपुर पामे सम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रविन्दु भएका कारण पर्यटकहरुलाई नै आकर्षित गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे । 


मेलामा स्थानीय नौमती बजा सहित विभिन्न समुदायको झाँकीहरु प्रदर्शन गरिनेछ । ख्याती प्राप्त कलाकारद्वारा दुई दिन नै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक अल्फान्जो रिर्सोटका संचालक सुभाष भट्टराईले जानकारी दिए । उनले उक्त कार्यक्रममा लाइभ ब्याण्ड र डिजे सेसन पनि रहने उल्लेख गरे । खानाका विभिन्न स्टलहरु मेलामा रहनेछन् । स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शन सहित डुङ्गा दौड लगायतका खेलकुदका कार्यक्रमहरुलाई पनि प्राथामिकतामा राखिएको भट्टराईले बताए । 


फेवा पर्यटन विकास समितिमा हाल एक सय भन्दा बढी व्यवसायीहरु आबद्ध छन् । कोभिड महामारीको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्न समितिले यसअघि सानातिना सामाजिक र व्यवसायिक कार्यक्रम गर्दै आएको छ । कोभिड पछि अर्थतन्त्रमा सुधार नहुँदा यस्ता मेला महोत्सव मार्फत अर्थतन्त्र चलायमान बनाउन मदत पुग्ने विश्वास आयोजकको छ । 


कार्यक्रमलाई सफल पार्न २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । मेला अवधिभर २० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । प्रवेश निशुल्क हुँदा पनि मेलाले सफलता प्राप्त गर्ने दाबी आयोजकको छ । सोहि समयमा पोखरामा फेवा नयाँ वर्ष महोत्सवको आयोजना गरिएता पनि आफुहरु भने उक्त कार्यक्रमको समेत समर्थनमा रहेको अध्यक्ष सुवेदीले बताए । 


हानले वर्षेनी गर्दै आएको फेवा नव वर्ष महोत्सवमा आफुहरुलाई समावेश नगरिएता पनि फेवा पर्यटन विकास समिति भने उक्त महोत्सवलाई समेत सफल बनाउन लागिपर्ने भनाई उनको छ । ‘खपौदी कार्नीवल’ बाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा फेवा नव वर्ष महोत्सवलाई समेत हुने उनले बताए । 
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्